Friday, April 17, 2026

ढुङ्ग्रेबासमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जना गम्भिर घाइते

सिन्धुली – सिन्धुलीको ढुङ्ग्रेबासमा ट्रक र मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जना गम्भिर घाइते भएका छन् ।

बुधबार राती करिब ९ः२० बजेको समयमा बीपी राजमार्ग सडकखण्ड अन्तर्गत जिल्लाको कमलामाई नगरपालिका ४ ढुङ्ग्रेबासको नारीया होटल अगाडी ट्रक र मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।

चियाबारीबाट ढुङ्ग्रेबासको ग्यारेज तर्फ जानको लागि मोड्दै गरेको बा ४ ख ९५७७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउदै गरेको ज ३ प ७४९० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किन पुग्दा मोटरसाइकल चालक सिन्धुलीको सुनकोशी गाउँपालिका ७ चालिसे का ४० वर्षीय जित बहादुर स्याङ्वा गम्भिर घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सूवेदीले जानकारी दिनुभयो ।

शरिरको विभिन्न भागमा चोट लागि बोल्न नसक्ने गरि गम्भिर अवस्थामा पुगेका स्याङ्वालाई तत्काल उद्धार गरि उपचारको लागि जिल्ला अस्पताल सिन्धुली तर्फ लगिएको डिएसपी सूवेदीले बताउनुभयो ।

हाल प्रहरी चौकी ढुङ्ग्रेबासबाट प्रहरी सहायक निरीक्षक हरिन्द्र ठाकुरको कमाण्डमा ट्राफिक प्रहरी सहितको ५ जना टोली दुर्घटनास्थलमा खटि गई दुवै सवारी साधन र ट्रक चालक रामेछाप खाडादेवी गाउँपालिका ४ का ५० वर्षीय तेज बहादुर खत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको भनाई छ ।

Hot Topics

Related Articles