सिन्धुली – सिन्धुलीमा ठूलो आवाजमा मोटरसाइकल कुदाउने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय सिन्धुली र ट्राफिक प्रहरी कार्यालय समेतको संयुक्त चेकपोइन्ट राखी उक्त मोटरसाइकल सहित चालकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले मोडिफाइ गरिएका ठूला आवाजमा रफ तरिकाले काुदाउनेहरुलाई नियन्त्रणमा लिनको लागि आकस्मिक चेकिङ योजना मुताबिक सो व्यक्तिहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुबेदीले जानकारी दिनुभयो । नियम विपरित ध्वनि प्रदुषण पार्दै हिड्ने सवारी साधनहरुको लागि ट्राफिक कारबाही तीव्र पारिने प्रहरीको भनाई छ ।


