Saturday, April 25, 2026

हरिहरपुरगढीमा सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य सेवाको सुनिश्चता सम्बन्धी वडा स्तरीय पैरवी गोष्ठी

सिन्धुली– सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य सेवाको सुनिश्चता सम्बन्धी वडा स्तरीय पैरवी गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । संघिय विशेष कार्यक्रम अन्तर्गत जनस्वास्थ्य कार्यलय सिन्धुलीको आयोजनामा मंगलबार एकदिने पैरवी गोष्ठी कार्यक्रम गरिएको हो ।

हरिहरपुरगढी गाउँपालिका उपाध्यक्ष चेख बहादुर थिङको अध्यक्षतामा संस्थागत सुत्केरी बढाउनुपर्ने, घरमा सुत्केरी गराउनेलाई सचेत गराउने, प्रोटोकल अनुसार गर्भवती महिलाको चेकजाचँ गर्ने लगायतका विषयमा प्रोत्साहन गर्ने उद्देश्यका साथ गोष्ठी गरिएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चेख बहादुर थिङले गर्भवती महिलाहरुको घरमै पुगेर स्वाथ्य अवस्थाको जानकारी लिन स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नु भएको छ ।

कार्यक्रममा हरिहरपुरगढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, गाउँपालिकाका ८ वटै वडाको वडा अध्यक्ष तथा स्वास्थ्य संस्था प्रमुख लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण जनस्वास्थ्य कार्यलय सिन्धुलीका प्रमुख गजेन्द्रप्रसाद यादबले गर्नुभएको थियो ।

Hot Topics

Related Articles