Saturday, April 25, 2026

नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघ कमलामाई नगरपालिका ४ को अध्यक्षमा पुन पराजुली सर्वसहमत

नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघ कमलामाई नगरपालिका ४ को अध्यक्षमा पुन सर्मिला पराजुली सर्वसहमत चयन हुनुभएको छ ।

मंगलबार नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघ कमलामाई नगरपालिका ४ को वडा अधिवेशनमा पुन सर्मिला पराजुलीको अध्यक्षतामा २५ सदस्य कार्यसमिति गठन गरिएको हो । नेपाल महिला संघ कमलामाई नगरपालिका ४ की अध्यक्ष सर्मिला पराजुलीको अध्यक्षता तथा जिल्ला समन्वय समिति सिन्धुलीकी उप्रमुख शान्ता काक्रीको प्रमुख अतिथ्यतामा अधिवेशन सम्पन्न गरिएको छ ।

अधिवेशन कार्यक्रममा सहभागि भएका नेपाली कांग्रेसको नेताहरुले महिलाहरुको लागि बनेका विधानको विषयमा जानकारी गराउदै महिलाहरु आर्थिक, सामाजिक, राजनैतिक लगायतका क्षेत्रहरुमा आत्मनिर्भर, अब्बल, सक्षम भई नेतृत्व गर्नका लागि शुभकामना व्यक्त गर्दै नेपाली कांग्रेसको क्रियासिल सदस्यको विषयमा चर्चा गरेका छन् ।

Hot Topics

Related Articles