Sunday, April 26, 2026

हरिहरपुरगढीमा २ दिने निशुल्क आँखा शिविर पहिलो दिनमा ३०१ जना लाभान्वित

आस्था विश्वकर्मा /सिन्धुली
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा २ दिने निशुल्क आँखा शिविर सञ्चालन भएको छ । गाउँपालिकाको समन्वय तथा कारितास नेपालको आयोजनामा गाउँपालिकाको वडा नम्बर ३ स्थित श्री भानुभक्त मा.वि. तिनकुनामा २ दिने निशुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।

आज शिविरको पहिलो दिन गाउँपालिकाका १५३ पुरुष तथा १४८ महिला गरि ३०१ जना लाभान्वित भएका छन् । हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाले शिविरको उद्धघाटन गर्नुभएको हो ।

उद्धघाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, जिन्शी शाखा प्रमुख दिपक कार्की, कारितास नेपालका परियोजना संयोजक प्रज्ञा महर्जन, फिल्ड स्वास्थ्य अधिकृत पूर्ण भण्डारी, तथा सामाजिक परिचालनकर्ता नेत्र बज्यू लागायतको उपस्थिती रहेको थियो । निशुल्क आँखा शिविर २० गते विहिबार सम्म सञ्चालन हुने आयोजक कारितास नेपालले जनाएको छ ।

Hot Topics

Related Articles