Saturday, April 25, 2026

हरिहरपुरगढिमा सन्चालीत दुई दिने आँखा शिविर विहिबार सम्पन्न

सिन्धुली- सिन्धुलीको हरिहरपुरगढिमा सन्चालीत दुई दिने आँखा शिविर विहिबार सम्पन्न भएको छ । कारितास नेपालको आयोजना तथा हरिहरपुरगढि गाउँपालिकाको समन्वयमा निशुल्क आँखा शिविर सम्पन्न भएको हो ।

हरिहरपुरगढि गाउँपालिका वडा नम्बर ३ स्थीत श्री भानुभक्त मावि तीनकुनामा सन्चालन भएको आँखा शिविरमा जेष्ठ नागरिकको बढि सहभागिता रहेको थियो ।

दुई दिन सम्म सन्चालन भएको आँखा शिविरमा पाँच समय छविस जनाले आँखा जाँच गराएका थिए । जस मध्ये ती्रपन्न जना मोति विन्दु भएको कारितासले जनाएको छ । दुई दिने निशुल्क आँखा शिविरमा एक सय सर्चालीस जनालाई चस्मा वितरण गरिएको छ ।

Hot Topics

Related Articles