Saturday, April 25, 2026

जाडो मौसममा छाला किन सुख्खा हुन्छ ?

जाडो महिनामा शरिरको छाला सुक्खा हुने हात खुट्टा फुट्ने सबैको साझा समस्या नै हो । जाडोको महिना सुरु भए संगै मानिसको छालामा केहि परिवर्तन देखिन थाल्छन् हात खुट्टा फुट्ने शरिरको छाला सुख्खा हुने इत्यादी ।

कत्ति जनालाई त यो जाडोको मौसम नै नआईदिए पनि हुन्थ्यो जस्तो लाग्छ । चिसो बढे संगै छालाको नरमपन, चमक हराउँदै जान्छ । सुख्खापनले छालालाई असर त गर्छ नै संगसंगै असहजता पनि ल्याउदँछ ।

सामान्यतया हामी जाडो महिनामा हात खुट्टा सुक्खा हुनु, फुट्नुको कारण हाम्रो शरिरको रगत खरो भएर हो भन्ने बुझ्दछौ । तर जाडो महिनामा हात खुट्टा सुक्खा हुनु, फुट्नुको मुख्य ठोस कारण यो चाँहि पक्कै पनि होइन । वास्तवमा छाला सुख्खा हुनु अथवा फुट्नु को कारण शरिरको तापक्रम र वातावरणको तापक्रमसँग अन्तरसम्बन्धीत भएर हो ।

नेपालमा प्रत्यक दुई महिनामा मौसम परिवर्तन भइरहन्छ । कुनै एक मौसम संग शरिरको छाला सन्तुलित अबस्थामा आउन नपाउदै पुनः मौसम परिवर्तन भईसकेको हुन्छ । तसर्थ शरिर मौसम संग समायोजीत हुन पाउदैन । शरिरको तापक्रम भन्दा वातावरणको तापक्रम कम छ भने शरिरले त्यसमा समायोजित हुन शरिरमा भएको तापक्रमलाई बाहिर फाल्दछ ।

जसले गर्दा तापक्रम संगै शरिरमा पानिको मात्रा पनि कम हुन्छ र छाला सुख्खा हुदँछ । प्रायः जाडो मौसममा तिर्खा पनि कम लाग्छ र हामी कमै पानी पिउन रुचाउँछौ । जसकारण आवश्यक भए जति पानी हाम्रो शरिरले नपाउदाँ शरिर हाइड्रेटेड रहन पाउँदै र छाला सुख्खा हुदँछ ।

त्यसकारण जाडोको मौसम सुरु भए संगै हाम्रो छालामा सुख्खापन जस्ता समस्या देखिन थाल्दछ । जाडो महिनामा हामी प्रायः कोठा मै तातो ठाउँमा बस्ने चाहाना राख्दछौ र हामी आगो ताप्ने हिटर ताप्ने गर्दछौ । जस्ले गर्दा पनि हाम्रो छालामा सुख्खापन देखा पर्दछ । हामी कत्ति जनाको त जाडोको मौसम सुरु भए लगतै तातो पानिले नुहाउने बानी हुदँछ ।

धेरै तातो पानिले नुहाइरहदा पनि छालाको नरमपन हराएर जान्छ र सुख्खा हुने गर्दछ । जाडो महिनामा सर्वप्रथम त हामीले हाम्रो खाननिमा ध्यान दिनुपर्छ । शरिरलाई आवश्यकता अनुसार पानी पिइराख्नु पर्छ । छालालाई सुख्खा हुन नदिन हात, खुट्टा, शरिरमा मोस्चराइजरको प्रयोग गर्नुपर्छ । जसले गर्दा जाडोको मौसममा सुख्खापन, हात खुट्टा फुट्ने जस्ता समस्यालाई हामी न्युनिकरण गर्न सक्दछौँ ।

Hot Topics

Related Articles