Friday, April 17, 2026

स्वर्णिम सहकारी द्धारा सदस्य शिक्षा कार्यक्रम

सिन्धुली– स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी सँस्था लि.ले आफ्नो शेयर सदस्यहरुको लागि सदस्य शिक्षा कार्यक्रम आयोजना गरेको छ । शनिबार सहकारीले आफ्नै हलमा सो सहकारी शिक्षा आयोजना गरेको हो ।

पछिल्लो समयमा सहकारी क्षेत्रमा देखिएका समस्या र कारणहरु सँगै सहकारीको वित्तिय अवस्था लगाएतको बारेमा शिक्षा प्रदान गरिएको स्वर्णिम सहकारीका प्रबन्धक मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा चन्द्रमुखि टोल विकास सँस्थाबाट पनि पदाधिकारीहरुको सहभागिता रहेको थियो । शिक्षा समितिका संयोजक गंगाा बस्यालको अध्यक्षता र कृष्ण बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । करिब चालिस जनाको सहभागिता रहेको तालिको सहजिकरण सहकारीका प्रबन्धक मोहन श्रेष्ठले गर्नुभएको थियो ।

Hot Topics

Related Articles