सिन्धुली – सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । आइतबार राती ११ः५० बजेको समयमा मदन भण्डारी राजमार्ग अन्तर्गत जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर १४ रानिबासमा भिमानबाट रानीबास तर्फ जाँदै गरेको ज ४ प ३४९८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको बाँया साईडमा पल्टिन गई दुुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा मोटरसाइकलको पछाडी सवार सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर १४ चन्दनपुर बस्ने ३५ वर्षीय राजेन्द्र कुवर दनुवार रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्य प्रकाश सुवेदी जानकारी दिनुभयो । दनुवारको छात्ति र टाउकोमा चोट लागेको हुनाले उपचारको लागि जनसेवा अस्पताल बर्दिबास तर्फ लैजाने क्रममा बाटो मै ज्यान गएको उहाँले बताउनुभयो ।

त्यस्तै सुवेदीका अनुसार मोटरसाइकलमा सवार सोहि स्थानका विधेश कुमरको १४ वर्षीय छोरा करण कुमरको दायाँ कुम र दायाँ हातमा चोट लागि जनसेवा अस्पताल बर्दिबासमा उपचार भईरहेको र उनको भने अवस्था सामान्य रहेको छ ।

हाल मोटरसाइकल र चालक कमलामाई नगरपालिका वडा नम्बर १४ तल्लो रानिबास बस्ने २१ वर्षीय मनिश धामीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय भिमानबाट आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।


