Friday, April 17, 2026

बासुदेव श्रेष्ठको नाम लिँदा मलाई आँशु आउँछ – फाल्गुणी शर्मा तिमल्सीना


सिन्धुली – बसुदेव श्रेष्ठ जस्तो ब्यक्ति यो जिल्लामा नरहेको र श्रेष्ठको नाम लिँदा आँशु आउने फाल्गुणी शर्मा तिमल्सीनाले बताउनु भएको छ । स्वर्गीय बासुदेव श्रेष्ठको १९ औँ स्मृति समारोहमा शनिबार सो कुरा बताउनु भएको हो । स्वर्गीय श्रेष्ठमा शालिनता रहेको पनि दावि गर्नु भयो ।
प्रजातन्त्रका सेनानी तथा कुशल राजनितिज्ञ, साहित्यकार, एवंम चित्रकार स्वर्गीय बासुदेब श्रेष्ठ कमलामाई नगरपालिका सिन्धुलीको पहिलो नगरप्रमुख पनि हुनुहुन्थ्यो ।

राजनितिक जिवन शैली कस्तो हुनुपर्छ भन्ने बारे स्वर्गीय बासुदेब श्रेष्ठलाई मात्र थाहा भएको सिन्धुलीका कम्युनिष्ट संस्थापक कृष्णहरि अधिकारीले बताउनु भयो । शनिबार सिन्धुलीमाढिमा स्वर्गीय बासुदेव श्रेष्ठको १९ औँ स्मृति समारोहको अवसरमा खुल्ला रचना वाचन कार्यक्रम पनि गरिएको थियो । जसमा सिन्धुलीका साहित्यकारले आफ्नो श्रृजना वाचन गर्नुभएको थियो ।

बासुदेव श्रेष्ठ स्मृती सामाजिक प्रतिष्ठानका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता तथा सिन्धुलीका कम्युनिष्ट संस्थापक कृष्णहरि अधिकारीको प्रमुख आतिथ्यतामा भएको समारोहमा नेकपा एमालेका केन्द्रिय कमिटि सदस्य उमा कोइराला, नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्र देब श्रेष्ठ, उमानाथ शास्त्रि सिन्धुलीका फाल्गुणी शर्मा तिमल्सीना लगाएत राजनितिक ब्यक्तित्व, साहित्यकार, समाजसेवि, पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन साहित्यकार एवंम राजनितिज्ञ केदार प्रसाद देवकोटाले गर्नुभएको थियो ।

Hot Topics

Related Articles