Friday, April 17, 2026

बागमती प्रदेशको निति तथा कार्यक्रमा सिन्धुली कला घरलाई स्थान

सिन्धुली – सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं. ३ मा रहेको कला घरले आयोजना गरेको राष्ट्रिय कला महोत्सव २०८० को दोस्रो दिनको कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

बागमती प्रदेश उद्योग, वाणिज्य भूमी तथा प्रशासन मन्त्री सुकुमाया तामाङको प्रमुख आतिथ्यतामा महोत्सवको दोस्रो दिन सम्पन्न भएको हो ।

महोत्सवलाई सम्बोधन गर्नुहुदैँ बागमती प्रदेश उद्योग, वाणिज्य भूमी तथा प्रशासन मन्त्री तामाङले यस वर्ष ५ लाख रुपैयाँ मन्त्रालयबाट सहयोग गर्ने र आगामी वर्ष निति तथा कार्यक्रममा कलाघर प्रवर्धनको लागि उपयुक्त शिर्षकमा वजेट ब्यवस्थापन गर्ने प्रतिवद्धाता जनाउनुभएको छ । उहाँले बागमती प्रदेश सरकारले यसको संरक्षण प्रवद्र्धनको लागि निति तथा कार्यक्रमा समावेस गरेर लैजानु पर्ने बताउनुहुदैँ सिन्धुली जिल्लाको पहिचानको लागि मात्र नभएर राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा महत्वपुर्ण क्षेत्र रहेको यस कलाघरलाई विकास प्रवर्धनका लागि सबैलाई अनुरोध समेत गर्नु भएको छ ।

कार्यक्रम अवधिभर स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बिजोड प्रस्तुती रहेको थियो । महोत्सव २०८२ बैशाख ३ गते सम्म सञ्चालन हुने सिन्धुली कलाघरका अध्यक्ष सुमन थापा मगरले जानकारी दिनु दिएको छ ।

Hot Topics

Related Articles