सिन्धुली – सिन्धुलीमा छुट पुर्जी नभएको बिना टाँचाको ३० पिस सालको चिरान काठ बरामद गरिएको छ ।

सोमबार जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ सेरोमा मकवानपुर देखि सिन्धुली तर्फ आउदै गरेको बि एबि ५०२४ नम्बरको योद्धा गाडीमा ३ः०० बजेको समयमा छुट पुर्जी नभएको विना टाँचाको ३० पिस (३२.७७ क्युफिट) सालको चिरान गरिएको काठ बरामद गरिएको हो ।

प्रहरी चौकी हरिहरपुरगढीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा गाडीमा काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताउनुभयो ।

अवैध काठ ओसार पसारमा संलग्न गाडी र चालक हरिहरपुरगढी गाउँपालिका १ का २८ वर्षिय वुद्ध बहादुर गोलेलाई बरामद गरिएको काठ सहित वन कर्मचारीको रोहबरमा कानुनी प्रक्रिया पुरा गरि आवश्यक कारवाहिका लागि डिभिजन वन कार्यालय मरिणमा बुझाईएको प्रहरीले जनाएको छ ।


