सिन्धुली – सिन्धुलीमा सिंचाईको लागि खनेको पोखरीमा डुबी एक बालिकाको मृत्यु भएको छ । बुधबार जिल्लाको दुधौली न.पा ११ स्थित सानोचौरी दुई धारा संस्थाद्धारा सिंचाईको लागि खनेको जोडीगैरी पोखरीमा पौडी खेल्ने क्रममा डुबी बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दुधौली ११ मरघट्टी बस्ने हस्त बहादुर सुनुवारको छोरी ८ वर्षीय ममता सुनुवार रहेकी छन् । आफ्नै घरबाट १ किलोमीटर दक्षिणमा पर्ने उक्त पोखरीमा पौडि खेल्न गएकी ममतालाई खानेपानी लिन जादै गरेका सोही स्थानमा बस्ने राम बहादुर सुनुवारको छोरा १२ वर्षीय संगम सुनुवारले डुबिरहेको अवस्थामा देखी पोखरीबाट निकालि निजको ठुलोबुबा खेलमान सुनुवारलाई घटनास्थलमा बोलाएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो ।

निजको ठुलोबुबा घटनास्थलमा पुगी ५ः२० बजेको समयमा बालिकालाई उपचारको लागि कटारी नगर अस्पताल उदयपुर पु¥याएको तर अस्पताल पु¥याए लगत्तै डाक्टरले ५ः२५ बजेको समयमा मृत घोषणा गरेको डिएसपी सुवेदीले बताउनुभयो । हाल शवलाई पोस्टमार्टमका लागि दुधौली नगर अस्पताल सिर्थौली पठाएको छ भने घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।


