Friday, April 17, 2026

सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृतलाई ग¥यो हरिहरपुरगढीले भव्य स्वागत

सिन्धुली – सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यलाई आज हरिहरपुरगढी गाउँपालिकाले औपचारिक रुपमा भव्यताका साथ स्वागत गरेको छ । सोमबार गाउँपालिकाले कार्यक्रमको स्वागत समारोहको आयोजना गर्दै प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई भव्य रुपमा स्वागत गरेको हो ।

स्वागत समारोहलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाले पदभार सम्हाल्न आउनुभएका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा कार्यालयबाट प्रवाह हुने सेवा अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कर्माचरीहरुलाई निर्देशन दिनुहुँदै जागिर खान आएको भन्दा पनि स्थानीयबासिन्दाको भावनालाई लिएर काम गर्न आग्रह गर्नुभयो ।

त्यस्तै हरिहरपुरगढी गाउँपालिकाको समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीबीच सहकार्य अति आवश्यक रहेको गाउँपालिकाका उपाध्यक्ष चेखबहादुर थिङले बताउनुभयो । उहाँले नयाँ प्रमुख प्रशासकीय अधिकृतले कर्मचारी र जनप्रनिधिलाई सँगै अगाडि बढ्न नेतृत्व गर्ने आशा व्यक्त गर्नुभयो ।

साथै निवर्तमान प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकराले प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई स्वागत गर्नुहुँदै गाउँपालिकाको प्रशासकीय कामलाई चुस्त र प्रभावकारी बनाउन सबै कर्मचारीको साथ रहने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले गाउँपालिकाको विकास र जनतासँगको सम्बन्धलाई सन्तुलित रुपमा अगाडि बढाउन विशेष ध्यान दिने प्रतिबद्धता जनाउनुभएको छ । संगै जनप्रतिनिधि र सरोकारवाला सबैसँग सहकार्य गरेर अगाडि बढ्नेसमेत उहाँले बताउनुभयो ।

स्वागत समारोहमा गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबा, उपाध्यक्ष चेखबहादुर थिङ, निवर्तमान उपाध्यक्ष अनिता राई, निर्वतमान प्रमुख प्रशासकीय अधिकृत अधिकृत दिपेन्द्रकुमार पैकरा, गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडा अध्यक्ष कमलकुमार राई, १ नम्बर वडाका अध्यक्ष जितबहादुर थिङ, २ नम्बर वडाका अध्यक्ष विश्व राई, ५ नम्बर वडाका अध्यक्ष साईला लामा, ७ नम्बर वडाका अध्यक्ष बिचबहादुर मोक्तान, ८ नम्बर वडाका अध्यक्ष धनबहादुर मोक्तान, कार्यपालिका सदस्यहरु तथा शाखागत कर्मचारीहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

Hot Topics

Related Articles