Friday, April 17, 2026

मंसिर १२ गते सिन्धुलीमा कुमा सागर एण्ड द ख्वपा ब्यान्डको लाइभ कन्सर्ट हुदैँ

सिन्धुली – सिन्धुलीमा पहिलो पटक लोकप्रिय गायक कुमा सागर एण्ड द ख्वपा ब्यान्डको लाइभ कन्सर्ट हुने भएको छ । ब्रदरहुड इभेन्ट एण्ड इन्टरटेन्मेन्ट सिन्धुलीको आयोजनामा यहि मंसिर १२ गते सिन्धुलीमाढीको खुल्ला मञ्चमा उक्त प्रस्तुति हुने भएको हो ।

पछिल्लो समय संगितप्रेमी मनहरुमा बस्न सफल भएका कुमा सागरका निकै चर्चित गीतहरु रहेको छन् । परम्परागत नेवार संगीतका तत्वहरूलाई आधुनिक शैलीसँग समायोजन गरि प्रस्तुत गर्ने सागरका हावाको लहर, फुरफुरी, चमेली फूल, ओ चम्पा, बाजेको बझाङ, धर्के झोला जस्ता थुप्रै चर्चित तथा लोकप्रिय गीतहरु रहेका छन् । सन् २०१९ को द भोइस अफ नेपालको प्रतियोगि समेत रहेका कुमा सागर नेपाली गीतकार र संगीत निर्माता पनि हुन् ।

युवाहरुमा मात्रै नभई बालक देखि वृद्ध सम्मै रुचाइएका कुमा सागरको लाइभ प्रस्तुति सिन्धुलीमा पहिलो चोटि हुन लाग्दै गर्दा संगितप्रेमी मनहरुमा निकै उत्साह छाएको छ । कुमा सागर एण्ड द ख्वपा ब्यान्डको लाइभ कन्सर्टको लागि धमाधम टिकट पनि बिक्रि भइरहेको ब्रदरहुड इभेन्ट एण्ड इन्टरटेन्मेन्ट सिन्धुलीले बताएको छ । कन्सर्टको लागि अगाडि देखि लिएको टिकट हराउने, पानीले भिज्न सक्ने जस्ता साझा समस्यालाई मध्यनजर गर्दै दर्शकहरुको लागि अन्लाइन प्रि बुकिङ टिकटको समेत व्यवस्था गरिएको इभेन्टका म्यानेजर अश्विन जगं थापाले जानकारी दिनुभयो ।

कन्सर्ट हेर्नको लागि कार्तिक २६ गते देखि मंसिर १ गते सम्म टिकट लिएमा ५ सय रुपैयाँ मात्रै पर्ने थियो भने मंसिर १ गते देखि कन्सर्टको अघिल्लो दिन मंसिर ११ गते सम्म दर्शकहरुले मात्र ७ सय ५० रुपैँयामा टिकट खरिद गर्न सकिने आयोजक टिमले जानकारी गराएको छ । त्यस्तै सोहि दिन टिकट खरिद गर्ने दर्शकहरुलाई भने १ हजार रुपैयाँ पर्नजाने आयोजकले बताएका छन् । साथै उक्त दिन भिआइपीमा बसेर कन्सर्ट हेर्न चाहने दर्शकहरुको लागि एउटा टेबल बराबर १० हजार रुपैयाँ पर्नेछ भने सो टेबलमा ८ देखि १० जना बस्न पाइने छ । र भिआइपीमा सोहि टिकट भित्रबाट विभिन्न कोलड्रिङ्गस् र खानेकुराहरुको समेत व्यवस्था हुने आयोजकले जनाएका छन् ।

ब्रदरहुड इभेन्ट एण्ड इन्टरटेन्मेन्ट सिन्धुली २०७५ सालमा दर्ता भई मनोरञ्जनको क्षेत्रलाई प्राथमिकतामा राखि सिन्धुली जिल्लामा बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । ब्रदरहुड इभेन्ट एण्ड इन्टरटेन्मेन्टले गएको दिनहरुमा जिल्ला मै पहिलो पटक सविन राई एण्ड द फ्यारो व्यान्ड, मंंङ्गोलियन हार्ट राजु लामा लगायतका थुप्रै लोकप्रिय कलाकारहरुको लाभइ कन्सर्टहरु सिन्धुलीमा सञ्चालन गरिसकेको छ ।

Hot Topics

Related Articles