Friday, April 17, 2026

तीनपाटनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

सिन्धुली – तीनपाटनमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार राष्ट्रिय युवा संघ नेपालको एक महिने अभियान अन्तर्गत बृक्षारोपण गरिएको युवा संघ नेपाल सिन्धुलीका सचिब श्रवण नेवा खड्गीले जानकारी दिनुभयो ।

युवा संघ नेपाल तीनपाटन गाउँपालीका कमिटिको आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा गाउँपालिका भवन आसपास, क्याम्पस क्षेत्र, बजार क्षेत्र, अस्पताल क्षेत्रमा छसय विभिन्न प्रजातिका विरुवाहरु रोपिएको छ ।

युवा संघ नेपाल तीनपाटन गाउँपालीका कमिटिको अध्यक्ष सन्तोष थापा मगरको अध्यक्षता युवा संघका केन्द्रिय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज पासाङ तामाङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश सदस्य प्रदिप कटुवाल, युवा संघ जिल्ला अध्यक्ष अरुण पाख्रिन, उपाध्यक्ष पोष्टराज काफ्ले, सचिव श्रवण नेवा खड्गी, नेपाल खेलकुद महासंघ जिल्ला अधक्ष्य हेम लामा लगायत जिल्ला तथा स्थानिय नेता कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।

Hot Topics

Related Articles