Saturday, April 25, 2026

हरिहरपुरगढी गाउँपालिकामा योजना सम्झौता तथा उपभोक्त प्रशिक्षण कार्यक्रम सम्पन्न

सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा वडा नम्बर ५ को योजना सम्झौता तथा उपभोक्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आइतबार गाउँपालिकाको वडा नम्बर ५ को कार्यलय भलखडामा वडाअध्यक्ष साइला लामा को अध्यक्षतामा योजना सम्झौता तथा उपभोक्त प्रशिक्षण कार्यक्रम भएको हो ।

कार्यक्रममा गाउँपालिका इन्जिनियर बेन्जामेन श्रेष्ठ, आर्थिक प्रशासन शाखा प्रमुख शिवराज रेग्मी तथा योजना शाखा प्रमुख राजकुमार उप्रेतीले सम्झौता गर्न आएका उपभोक्ताहरुलाई प्रशिक्षण गराउनुभएको थियो ।

योजना सम्झौता तथा उपभोक्ता प्रशिक्षण कार्यक्रममा उपोभोक्ताहरुलाई योजना डिजाइन इस्टिमेट, निर्माण कार्यको गुणस्तर नियन्त्रण, गुणस्तरीय औजार तथा समाग्रीको खरिद, वित्तिय पक्ष, श्रमदान भुक्तानी लिन आउँदा आवश्यक कागज पत्र, रकम निकासा तथा व्यवस्थापन, योजनाप्रति अपनत्व, समावेशी सहभागिता लगायतका विषयमा सिकाइएको छ । कार्यक्रममा वडा नम्बर ५ का सदस्यहरु, वडा सचिव गणेश राई, सब–इन्जिनियर सविता माया बम्जन, लगायतको सहभागिता रहेको थियो ।

Hot Topics

Related Articles