Saturday, April 25, 2026

थप दुई जीवन बीमा कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा

थप दुई जीवन बीमा कम्पनी आइपिओ निष्कासनका लागि धितोपत्र बोर्डको पाइपलाइनमा रहेका छन्।

पछिबाट खुलेका जीवन बीमा कम्पनीमध्ये करिब आधाजसो कम्पनीले आइपिओ जारी गरिसकेका छन् भने अझै आधा संख्याले जारी गर्न बाँकी छ।

आइतबार सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ भर्ने अन्तिम दिन हो। सानिमासहित यसअघि प्रभु, ज्योति, रिलायन्स र युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गरिसकेका छन्।

अब आइएमई, रिलायबल, सिटिजन, सन नेपाल र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गर्न बाँकी छ। तीमध्ये आइएमई र रिलायबलले धितोपत्र बोर्डसँग अनुमति मागेका छन्।

रिलायबल लाइफ इन्स्यारेन्स कम्पनीले ६० लाख कित्ता आइपिओ जारी गर्नका लागि अनुमति मागेको छ। कम्पनीले अंकित मूल्य १ सयमा ११२ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रूपैयाँका दरले आइपिओ जारी गर्न अनुमति मागेको छ।

कम्पनीले प्रतिकित्ता २१२ रुपैयाँका दरले १ अर्ब २७ करोड २० लाख रुपैयाँ संकलन गर्न चाहेको छ। यसको बिक्री प्रवन्धकका रुपमा सिभिल क्यापिटल रहेको छ।

त्यस्तै अर्को आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले पनि ६० लाख कित्ता नै आइपिओ जारी गर्न अनुमति मागेको छ। अंकित मूल्य १ सयमै कम्पनीले आइपिओ जारी गर्नेछ। बिक्री प्रवन्धकका रुपमा सिभिल क्यापिटल नै छि

Hot Topics

Related Articles