Saturday, April 25, 2026

अत्याधिक चिसो बढे संगै कमलामाई मातहतका विद्यालयहरु २ दिन बन्द

सिन्धुली – केहि दिन देखि अत्याधिक जाडो बढे संगै सिन्धुलीको कमलामाई नगरपालिकाले विद्यालयहरु बन्द गर्न निर्देशन दिएको छ । कमलमाईले बुधबार एक सूचना जारी गर्दै पुस १७ र १८ गते नगरपालिका मातहतका सम्पूर्ण सामुदायिक तथा संस्थागत बिद्यालयहरु पूर्णरुपमा बन्द गर्न निर्देशन दिएको हो ।

तुवालो र शितलहर सहित चिसो बढे संगै बालबालिकाहरुलाई पठनपाठन गर्न समस्या पर्नुका साथै जनस्वास्थ्यमा समेत असर पर्ने कुरालाई मध्यनजर गर्दै २०८२ सालको वर्षे बिदाबाट मिलाउने गरी बिहिबार र शुक्रबार (दुई दिन) विद्यालय बन्द गर्न नगरमा रहेको सम्पूर्ण विद्यालयहरुलाई बन्द गर्न भनिएको हो । मौसम अनुकुल भए पश्चात् नै पूर्ववत् रुपमा विद्य्यालयहरु सञ्चालन गर्न नगरपालिकाले सूचना मार्फत सबै विद्यालयहरु लाई भनेको छ ।

साथै दुधौली नगरपालिकाले भने यस अघिनै शैक्षिक सत्र २०८२ को वर्षे बिदाबाट बिदा मिलान हुने गरी पौष १६ गते (बुधबार) देखि अर्को सूचना जारी नभएसम्म नगरभित्रका सम्पूर्ण विद्यालयहरूमा जाडो बिदा दिई सकेको छ ।

Hot Topics

Related Articles