सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ स्थित चिसापानीमा सञ्चालित १ महिने बेदवाँस सम्बन्धी हस्तकला सामग्री निर्माण तालिम सम्पन्न भएको छ । चैत ३ गतेबाट सुरु भएको उक्त तालिम बुधबार एक कार्यक्रमको विच गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको प्रमुख आतिथ्यतामा समापन भएको हो ।

पिछडिएका समाजको उत्थानको लागि उद्यमशिलता परियोजना अन्र्तगत हरिहरपुरगढी गाउँपालिकाद्धारा आयोजित अध्यक्ष उद्यमशिलता कार्यक्रम मार्फत वडा नम्बर १ का २० जना स्थानीयलाई १ महिने प्राविधिक सिप विकास तालिम प्रदान गरिएको थियो । तालिममा बाँसजन्य मोडा,नाङ्लो,फोटा फ्रेम, र्याक लगायतका सामग्री निर्माण गर्नको प्रशिक्षण दिइएको थियो

मापन कार्यक्रममा सम्बोधन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले थानियले आफैले उत्पादन गरेको हस्तकला सामाग्री बजारीकरणको लागि गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । विशेष गरी बेरोजगारहरुलाई लक्षित गरेर तालिम दिइएको हुनाले तालिममा सिकेको सिपलाई सदुपयोग गरेर आत्मनिर्भर बन्न प्रयास गर्नुपर्ने बताउँदै उत्पादन भएका सामग्रीको बजारीकरणको जिम्मा गाउँपालिकाले लिइने बताउनुभयो । उहाँले स्थानीयको सामग्री उत्पादनको लागि समस्या भएको भन्ने गुनासोलाई सम्बोधन गर्नुहुँदै सामग्री गाउँपालिकाले व्यवस्था गरिदिने बताउनुभयो ।

हरिहरपुरगढी गाउँपालिकाका आर्थिक विकास शाखाका प्रमुख सन्जीत कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, लघुउद्यमका राजन विक लगायतको उपस्थिती रहेको थियो ।


