सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिकामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । बुधबार जिल्लाको मरिण गाउँपालिका वडा नम्बर ३ माथिल्लो सखौरीमा ७५ वर्षीय मोहन गुर्माछान आफ्नै घर छेउमा मृत अवस्थामा फेला परेका हुन् ।

घर छेउमा रहेको बिजुली लाइनबाट चल्ने मिल बाहिर उतानो परेर लडीरहेको अवस्थामा स्थानियले देखि निजको छोरा गजेन्द्र गुर्माछानलाई खबर गरेका थिए । मृतकका छोराले बुधबार ६ बजेर ३० मिनेटको समयमा बुबा मोहन गुर्माछान मृत अवस्थामा फेला परेका भन्ने जानकारी गराए तत्कालै इलाका प्रहरी कार्यालय कपिलाकोटको टोली गई आवश्यक अनुसन्धान गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयलका अनुसार मृतकको बाँया हातको हत्केला करेन्ट लागेको जस्तो चोट देखिएको थिय


