Sunday, April 26, 2026

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत वडा नम्बर ७ मा अन्तरक्रिया कार्यक्रम

आस्था विश्वकर्मा / सिन्धुली

सिन्धुली- सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ७ मा बाल विवाह र लैङ्गिक हिंसा अन्त्यका लागि हामी सबैको भूमिका विषयमा अन्तरक्रिया गरिएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान देशभरि नै सञ्चालन भैरहदाँ विहिबार ११ औँ दिन कमलामाई नगरपालिका वडा नम्बर ७ मा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

कमलामाई नगरपालिकाको आयोजना भएको अन्तरक्रिया कार्यक्रममा वडा नम्बर ७ का वडाअध्यक्ष कर्ण बहादुर घिसिङको अध्यक्षता तथा कमलामाई नगरपालिका उप–प्रमुख मञ्जु देवकोटाको प्रमुख आतिथ्यतामा रहेको थियो । कार्यक्रममा विद्यालयस्तरका विद्यार्थीहरुको बिचमा उमेर नपुगी विवाह गर्दा हुने असर, न्युनिकरण तथा लिङ्गको आधारमा गरिने विभेदको अन्त्यका लागि गर्न सकिने प्रयासहरु लगायत विभिन्न विषयमा छलफल गरिएको छ ।


कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कमलामाई नगरपालिका उप–प्रमुख मञ्जु देवकोटाले समाजमा बढ्दै गएको बालविवाह न्युनिकरण तथा हिंसा मुक्त समाजको निर्माण गर्नलाई विद्यार्थी देखि लिएर आम नागरिकहरु सबैको काधँमा जिम्मेवारी रहेको बताउनुभयो । बालबालिका भविष्यका कर्णधार भएका हुदाँ समाजमा रहेका सबै प्रकारका समस्या विकृती हिंसा लगायतका सम्पुर्ण कुराहरु बुझ्न जरुरी रहेको बताउनुभयो ।

उहाँले हिंसारहित समाज बनाउनको लागि सबैजना विभिन्न सरोकारवाला पक्ष संग एक्यबद्धता भएर अगाडि बड्नुपर्नेमा जोड दिनुभयो । वडा नम्बर ७ भित्र उमेर नपुगी विवाह गर्नेहरुको संख्या न्युन रहेको वडा नम्बर ७ का वडाअध्यक्ष कर्ण बहादुर घिसिङले जानकारी दिनुभयो । समाज तथा देश रुपान्तरणका लागि विद्यार्थीको महत्वपुर्ण भूमिका रहेको हुदाँ सबैजना अहिले देखि लागी पर्नुपर्ने बताउनुभयो ।


हामी सबैको प्रतिबद्धता ः लैङ्गिक हिंसा अन्त्यको लागि एक्यबद्धता भन्ने राष्ट्रिय नारा सहित नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म देशभर नै सञ्चालन हुने अभियान अन्तर्गत कमलामाई नगरपालिकाको १४ वटै वडाहरुमा विभिन्न सचेतनामुुलक कार्यक्रमहरु सञ्चालन भईरहेको छ ।

Hot Topics

Related Articles