Friday, April 17, 2026

नेपाली सेनाको हरिहरपुरगढी देखि सिन्धुलीगढी सम्मको पदयात्रा सुरु

सिन्धुली– सिन्धुलीको एतिहासिकस्थल हरिहरपुरगढी देखि सिन्धुलीगढी सम्मको पदयात्रा नेपाली सेनाले बुधबार बाट सुरु गरेको छ । श्री भवानीबक्स गण र हरिहरपुरगढी गाउँपालिकाको समन्वय तथा सहकार्यमा पदयात्रा सुरु भएको हो।

भवानीबक्स गणका सेनानी गणेश सागर हमालको नेतृत्वमा पदयात्रामा निस्किएका ४५ जनाको टोलीलाई हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईवा, श्री नं। ९ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी युवराज कार्की, भवानीबक्स गणका गणपति प्रमुख सेनानी बद्री कुँवरले राष्ट्रिय झण्डा प्रदान गरेर भव्यताका साथ विदाई गर्नुभएको थियो । हरिहरपुगढी गाउँपालिका १ स्थित हरिहरपुरगढी किल्ला देखि कमलामाई नगरपालिका ३ स्थित सिन्धुलीगढी सम्म ७५ किलोमिटर दूरीको पदयात्रा आठ दिनमा सम्पन्न हुनेछ । नेपाल एकीकरणको समयमा प्रयोग भएका ऐतिहासिक गढी, किल्ला तथा पदमार्गहरुको संरक्षण, पर्यटन प्रवद्र्धन, प्रचार(प्रचार र पुर्खाको सम्मान गर्ने उदेश्यले पदयात्रा संचालन गरिएको नेपाली सेनाले जनाएको छ ।

पदयात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईवाले ऐतिहासिक स्थलहरुको संरक्षण, पर्यटन प्रवद्र्धन तथा विकासका लागि यस्ता पदयात्राहरुले सहयोग पुग्ने बताउनुभएको छ । स्थानीय समुदाय र सरोकारवालाहरुको सहकार्यमा हरिहरपुरगढी किल्ला क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लागिएको उहाँले बताउनुभयो ।

त्यस्तै हरिहरपुरगढी(सिन्धुलीगढी पदयात्रा २०८१ को अवसरमा नेपाल एकिकरणको समयमा प्रयोग भएका प्राचिन हातहतियारको नमुना स्वरुप खुडा तथा तरवारहरु सजावट गरि हरिहरपुरगढी गाउँपालिका तथा गढी संरक्षण समितिलाई हस्तान्तरण गरिएको छ। नेपाली सेना श्री नं। ९ बाहिनी अड्काका बाहिनीपति सहायक रथी युवराज कार्कीले हरिहरपुरढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईवा लाई नमुना हतियारहरु हस्तान्तरण गर्नुभएको हो ।

बुधबार देखि सुरु गरिएको पदयात्राको समापन फागुन १४ गते महाशिवरात्रि तथा सेना दिवसको अवसरमा कमलामाई नगरपालिका(३ स्थित ऐतिहासिकस्थल सिन्धुलीगढीमा विशेष कार्यक्रम आयोजना गरेर समापन गरिने भवानीबक्स गणको योजना छ ।

Hot Topics

Related Articles