Friday, April 17, 2026

ऊँ साकोसले AI ART तालिम सन्चालन गर्ने

सिन्धुली- ऊँ बचत तथा ऋण सहकारी संस्था लि.ले AI ART तालिम सन्चालन गर्ने भएको छ । यहि चैत्र २६ गते देखि २९ गते तीन दिन सम्म सन्चालन हुने तालिममा दश बर्ष देखि पन्ध्र बर्ष उमेर समुहका बालबालिकाले सहभागि हुन पाउँने छन् ।

तालिममा सहभागि हुन सहकारीका नियमित बचत कर्ताको हकमा दुई सय शुल्क लाग्नेछ भने खाता सन्चालन नभएको हकमा पाँच सय यदि खाता खोल्ने सर्त भयो भने दुई सयमा नै तालिममा सहभागि हुन पाउने छन् ।

तालिम सिन्धुलीमाढिमा अबस्थीत सिद्धस्थली ईङलिस बोडिङ हाई स्कुलमा विहान ११ बजेबाट सुरु हुने छ । ऊँ बचत तथा ऋण सहकारी सँस्थाले सिन्धुलीको कमलामाई नगरपालिका ६ , १ नम्बर बजारमा कार्यालय रहि विगत लामो समय देखि बचत तथा ऋणको कारोबार गर्दै आएको छ । सहकारीले सिन्धुलीमाढिमा AI ART तालिम सन्चालन गर्न लागेको यो पहिलो हो ।

Hot Topics

Related Articles