Friday, April 17, 2026

इट स्ट्रीट फनपार्कमा भिटेनको लाइभ कन्सर्ट हुने

सिन्धुली – सिन्धुलीको इट स्ट्रीट फनपार्कमा पहिलो पटक लोकप्रिय ¥यापर समिर घिसिङ (भिटेन) को लाइभ कन्सर्ट हुने भएको छ । यहि पुस ११ गते सिन्धुलीको पहिलो इट स्ट्रीट फनपार्कमा भिटेनको लाइभ कन्सर्ट हुने शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै फन पार्कमा संस्थापक सञ्चालक राज पाख्रिनले जानकारी दिनुभयो ।

पर्यटन प्रवर्धनको लागि मनोरञ्जन पनि एक आधारभुत माध्यम भएको हुनाले भिटेनको कन्सर्ट गर्न लागिएको उहाँले बताउनुभएको छ । कन्सर्टमा ब्रदरहुड इभेन्टको पनि सहकार्य रहेको पाख्रिनको भनाई छ । भिटेनको कन्सर्ट सफल भए पश्चात् खर्च कटाई रहेको १० प्रतिशत गएको भदौ २३ र २४ गतेकोे जेन्जी आन्दोनमा क्षेती भएको जिल्लाको सरकारी कार्यालयहरुलाई सहयोग गर्ने उहाँको भनाई छ ।

मनोरञ्जनको माध्यमबाट जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यका साथ सञ्चालन भएको फन पार्कले विभिन्न लाईभ कार्यक्रमहरु गरिरहेको छ । भिटेनको कन्सर्टको लागि आवश्यक तयारी भईरहेको आयोजक टिमले जानकारी गराएको छ । शुक्रबार दिउँसो २ बजे देखि सञ्चालन हुने उक्त कन्सर्टमा सहभागि भई मनोरञ्जन गर्न र कन्सर्टलाई भव्यताका साथ सफल बनाउन फनपार्कका सञ्चालक पाख्रिनले सबैलाई आग्रह गर्नुभएको छ ।

Hot Topics

Related Articles