Saturday, April 25, 2026

सिन्धुलीमा २ हजार भन्दा बढी छात्रा तथा किशोरीलाई एच.पि.भि खोप लगाइदै

सिन्धुली – यस बर्ष सिन्धुलीमा २ हजार भन्दा बढी छात्रा तथा किशोरीहरुलाई पाठेघरको क्यान्सर बिरुद्धको एच.पि.भि खोप लगाइने भएको छ । बुधबार सिन्धुलीमाढीमा सम्पन्न जिल्ला खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीहरु सँगको अन्तरक्रिया कार्यक्रम मार्फत यस वर्ष २ हजार ८ सय ३७ जना छात्रा तथा किशोरीलाई एच.पि.भि खोप लगाइने जानकारी गराइएको हो ।

यहि आउने फागुन २ गते देखि फागुन १५ गतेसम्म जिल्लाका स्वास्थ्य संस्थामा खोप सञ्चालन गरिने जनस्वास्थ्य कार्यालय सिन्धुलीका खोप निरीक्षक पुष्पराज पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार खोप अभियान विद्यालय स्तरमा भने माघ २५ गते देखि माघ २९ गते सम्म सञ्चालन गरिने छ । विद्यालय जाने २ हजार ८ सय १६ जना छात्रा र विद्यालय बाहिर रहेका २१ जना जनालाई खोप लगाइने खोप निरिक्षक पन्तको भनाई छ ।

जिल्लाका पालिकाहरुले पनि खोप कार्यक्रम सञ्चालनका लागि आवश्यक बैठक बसी कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेका जनस्वास्थ्य कार्यालय सिन्धुलीका खोप निरीक्षक पन्तले जानकारी दिनुभयो । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ का छात्राहरु र विद्यालय नजाने १० बर्ष उमेरका किशोरीलाई एच.पि.भि खोप लगाउने राष्ट्रिय कार्यक्रम रहेको छ ।

Hot Topics

Related Articles