Friday, January 16, 2026

राजनितीक दलहरुले केहि काम गरेनन् भन्न मिल्दैन : पूर्वप्रधानमन्त्री नेपाल

सिन्धुली – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले राजनितीक दलहरुले केहि काम गरेनन् भन्न नमिल्ने बताउनुभएको छ । सोमबार सिन्धुलीमाढीमा प्रेस सेन्टर नेपाल सिन्धुलीको आयोजनामा भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुदैँ पूर्वप्रधानमन्त्री नेपालले राजनितीक दलहरु सबै एउटै परिप्रेक्ष्यको नभएको बताउनुहुदैँ केहि काम नै नगरेको भन्न नमिल्ने तर्क व्यक्त गर्नुभएको हो ।

जनताको ठूलो समर्थन र विश्वास राजनितीक दलहरु माथि अझै पनि रहिरहेको र दलहरुको प्रभाव जनतामा कति छ भन्ने कुरालाई व्याख्या गरिराख्नु नपर्ने उहाँको भनाई छ । विकृती र विसंगतीको विरुद्धमा सधै रहिरहेको दाबी गर्नुहुदैँ पूर्वप्रधानमन्त्री नेपालले आफुहरुले देश बनाउने खाका लिएर अगाडि बढेको बताउनुभयो । यसैगरी यहि फागुन २१ गते हुन गइरहेको निवार्चनलाई कुनै पनि हालतमा रोक्न र देशलाई पुनः अन्योलतामा लान नपाइने उहाँले बताउनुभएको छ । साथै आउने चुनावमा जनताको विश्वास जितेको प्रमाण पेश गर्ने पूर्वप्रधानमन्त्री नेपालले दाबी गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेपालको यस पटक जेन जी पुस्ताहरुलाई मौका दिएको भए अझ राम्रो हुने तर्क राख्नुभएको थियो । जसबाट जेन जी पुस्ताको पनि परिक्षण हुने र भन्न जति सजिलो भए पनि गर्न त्यति नै गाह्रो हुन्छ भन्ने कुराको बुझाई हुने उहाँको भनाई थियो । साथै नेपाली कम्युनिष्ट पार्टीमा युवाहरुको ठूलो साथ रहेको र जेन जी युवाहरुको ठूलो संख्या नेपाली कम्युनिष्ट पार्टीमा संग जोडिएको बताउनुभयो ।

Hot Topics

Related Articles