सिन्धुली – तातो पानीले पोल्दा सिन्धुलीमा ८ महिनाको बालक घाईते भएका छन् । बिहिबार जिल्लाको घ्याङलेख गाँउपालिका ४ रामपुर बस्ने रमेश घलानको ८ महिनाको छोरा राकेश घलान घाइते भएका हुन् ।

आमाले गाईबस्तुको कुँडो पकाउने क्रममा कुँडोको तातो पानी बालकको टाउकोमा पोखिन गई घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सूवेदीले जानकारी दिनुभयो । घाइतेलाई स्थानिय मेडिकलमा उपचार गरि थप उपचारको लागि काठमाडौँ लगिएको छ । बालकको अवस्था भने मध्यम रहेको प्रहरीको भनाई छ ।

