Friday, January 16, 2026

जेन जी आन्दोलन : रिहा गराउन सिन्धुलीका जेन जीहरुको हात नभएको १५ जनाको दाबी

सिन्धुली – जेन जी आन्दोलनको क्रममा आगजनी र तोडफोड गरेको आरोपमा पक्राउ परेका १५ जना जेन जी युवाहरुले आफुहरु रिहा हुनुमा सिन्धुलीका जेन जीहरुको हात नरहेको दाबी गरेका छन् । गएको भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनमा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीद्धारा पक्राउ परेका १५ जना मंसिर २६ गते रिहा भए संगै जिल्लामा जस लिने होडबाजी सुरु भएको छ ।

तर आइतबार पत्रकार सम्मेलन गर्दै १५ जना जेन जी युवाहरुले सरकार र केन्द्रिय जेनजी नेताहरु समक्ष भएको २३ र २४ गतेको आन्दोलनलाई राष्ट्रिय जनआन्दोलनको रुपमा लिइने भन्ने वार्ता पश्चात् को घोषणापत्र अनुसार आफुहरु रिहा भएको उनीहरुले बताएका छन् । यसमा जस लिन निस्किएका सिन्धुलीका जेन जीहरुको कुनै पनि हात नभएको उनीहरुको भनाई छ । हिरासतमा बस्दा कोही भेट्न समेत नआएको तर अहिले जस लिन भने सबै होडबाजीमा रहेको भन्दै हिरासतबाट छुटेका क्षितिज श्रेष्ठले गुनासो व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभयो,‘ १८ दिनको हिरासत बसाईमा कोही एकजना पनि सिन्धुलीबाट जेन जी हुँ भनेर भेट्न नगएको तर २६ गते हामी निक्लिने बेला बाहिर हामीले गर्दा छुटाएको भनेर जस लिने काम भएको छ । यस प्रति हाम्रो घोर आपत्ति छ । हामी न कुनै व्यक्तिको कारणले, न कुनै पार्टीको न त सिन्धुलीको जेन जीहरुको कारणले नै छुटेका हौँ ।’

मंसिर ८ गते देखि १६ गते भित्रमा प्रहरीले १५ जना जेन जीहरुलाई पक्राउ गरेका थिए । जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीमा बिभिन्न तहमा रहेका व्यक्तिहरु पनि संलग्न रहेको तर आफुहरु १५ जनालाई मात्रै पक्राउ गरेकोमा अन्याय भएको बताएका छन् । साथै आन्दोलनमा भएको लुटपाटमा आफुहरु संलग्न नभएता पनि लुटपाटको आरोप समेत लगाएकोमा उनीहरुले आपत्ति जनाएका छन् ।

Hot Topics

Related Articles