Tuesday, November 4, 2025

हरिहरपुरगढीले ग¥यो प्रमुख जिल्ला अधिकारी भूसाललाई बिदाई

सिन्धुली– हरिहरपुरगढी गाउँपालिकाले सिन्धुलीबाट सरुवा भई जान लाग्नुभएका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसाललाई बिदाई गरेको छ । गाउँपालिकाद्धारा आज आयोजित बिदाई तथा फेरि भेटौँला कार्यक्रममा गाउँपालिकाले मायाको चिनो प्रदान गर्दै भूसाललाई बिदाई गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष वज्रध्वज वाइबाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अध्यक्ष वाइबाले सिन्धुलीमा प्रमुख जिल्ला अधिकारीको रुपमा आउनुभएपछि प्रजिअ भुसालले देखाउनुभएको सक्रियता, इमानदारिता र सेवाभावको उच्च प्रशंसा गर्नुहुँदै सरुवा भएर पदस्थापन हुने नयाँ जिम्मेवारीसहितको आगामी कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आफ्नो कार्यकाल सफल बनाउन प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले बिदाइ तथा फेरि भेटौंला कार्यक्रम आयोजना गरेकोमा हरिहरपुरगढी गाउँपालिका परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै सोही कार्यक्रमको अबसरमा गाउँपालिकाले सिन्धुली जिल्लामा सरुवा भई आउनुभएका नेपाली सेनानी सुदिपकुमार विष्टलाई समेत स्वागत गरेको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक लालध्वज सुवेदी, सिन्धुलीका अनुसन्धान उपनिर्देशक सुदिप अधिकारी, सशस्त्र प्रहरी बलका नायब उपरीक्षक सुवर्ण पोख्रेल तथा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Hot Topics

Related Articles