Tuesday, November 4, 2025

जेन्जी आन्दोलमा क्षति बेहोरेको जिल्ला प्रशासन र जिल्ला अदालतलाई ग¥यो मरिणले सहयोग

सिन्धुली – जेन्जी आन्दोलनबाट क्षति भएको जिल्ला प्रशासन कार्यालय सिन्धुली र जिल्ला अदालत कार्यालय सिन्धुलीलाई मरिण गाउँपालिकाले केहि उपकरणहरु सहयोग गरेको छ ।

गएको भदौमा देशव्यापी रुपमा भएको जेन्जीको आन्दोलनमा गरिएको आगजनी र तोडफोड पश्चात् कार्यालयहरु सञ्चालनमा परेको कठिनाइलाई मध्यनजर गर्दै गाउँपालिकाले सहयोग गरेको हो ।

गाउँपालिकाले सोमबार औपचारिक रुपमा गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात) र प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासको उपस्थितिमा कार्यालयहरुलाई सहयोग स्वरुप १–१ थान कम्प्युटर, १–१ थान ल्यापटप र १–१ थान कलर प्रिन्टर हस्तान्तरण गरेको छ ।

Hot Topics

Related Articles