Tuesday, December 16, 2025

घ्याङलेखमा निशुल्क आखाँ शिविर सञ्चालन हुदैँ

सिन्धुली – सिन्धुलीको घ्याङलेख गाउँपालिकामा ४ दिने निशुल्क आखाँ शिविर सञ्चालन हुने भएको छ । घ्याङलेख गाउँपालिका र तिलगंगा आँखा प्रतिष्ठान, गुड भिजन नेपाल परियोजनाको संयुक्त आयोजनामा गाउँपालिकाको ५ नम्बर वडामा कार्तिक ३० गते देखि मंसिर ३ गते सम्म निशुल्क शिविर सञ्चालन हुने भएको हो ।

गाउँपालिकाको अनुसार शिविर कार्तिक ३० गते आइतबार श्री आ वि गोठडाँडा चैनपुर, मंसिर १ गते सोमबार महेन्द्रोदय आ वि गर्के र मंसिर २ गते मंगलबार र ३ गते बुधबार स्वास्थ्य चौकी शान्तेश्वरीमा सञ्चालन हुने छ ।

शिविरमा टिकट लिने समय बिहान १० बजे देखि दिउँसो १ बजेसम्म र जाचँ गर्ने समय बिहान १० देखि ४ बजे सम्म रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै आफुलाई पायक पर्ने स्थानमा गई आँखा जाँच गराई मौकाको फाईदा लिनु हुनको लागि आग्रह गरेको छ ।

Hot Topics

Related Articles