Tuesday, December 16, 2025

खुर्कोटमा लापसे चेकजाचँ ः ४ जना सवारी चालाक प्रहरी नियन्त्रणमा

सिन्धुली – सिन्धुलीमा लागु प्रदार्थ सेवन गरि गाडी चलाउने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ जनस्वास्थ्य कार्यालय सिन्धुली र जिल्ला ट्राफिक प्रहरी कार्यालय समेतको संयुक्त आयोजनामा सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोट स्थित तल्लो बजार रिफ्रेस सेन्टरमा सञ्चालन गरिएको सवारी चालकहरूको स्वास्थ्य परिक्षण कार्यक्रमअन्तर्गत लापसे गरि सवारी चलाउने चार जनालाई नियन्त्रणमा लिएको हो ।

बीपि राजमार्ग भएर सञ्चालन हुने ट्रक, बस, माईक्रो, सुमो, ईलेक्ट्रिक भ्यान र पिकअप समेत गरि ४० वटा सवारी साधनका चालकहरुलाई लागु पदार्थ सेवन चेकजाँच गरिएकोमा ४१ वटा किटको प्रयोग गर्दा चार जना सवारी चालकको लागु पदार्थ सेवन पोजिटिभ भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्य प्रकाश सूवेदीले जानकारी दिनुभयो । सूवेदीका अनुसार पोजिटिभ भेटिनेहरुमा काठमाडौँबाट खोटाङ तर्फ जादैगरेको बा.प्र.०८–००१ ज ०१४२ नम्बरको सुमो चालक खोटाडको दिक्तेल बस्ने २६ वर्षीय निमा शेर्पा, काठमाण्डौबाट काँकरभिट्टातर्फ जादै गरेको बागमती एफएए ०१९७ नम्बरको हाईस चालक जिल्ला धनुषाको जनकपुर बस्ने ५६ वर्षीय महेन्द्र राय रहेका छन् ।

त्यस्तै लापसे गर्नेमा काठमाडौँबाट गाईघाटतर्फ जादै गरेको म.प्र.०१–००१ ज ०१७४ नम्बरको ईभी चालक उदयपुर गढी गाउँपालिका ८ नेपालटार बस्ने २३ वर्षीय बासु थापा र काठमाडाँैबाट दुधौलीतर्फ जादै गरेको बा ४ ख ५३४१ नम्बरको बस चालक सिन्धुली कमलामाई नगरपालिका ९ बस्ने ४१ वर्षीय डिल्ली राम चौलागाई रहेका छन् । निज चालकहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय खुर्कोट बाट आवश्यक कारबाही गरिने प्रहरीको भनाई छ ।

Hot Topics

Related Articles