Monday, October 13, 2025

सिन्धुलीमा पहिलो पटक फन पार्क सञ्चालन

सिन्धुली – सिन्धुलीमा पहिलो पटक ईट् स्ट्रीट फन पार्क सञ्चालनमा ल्याइएको छ । जिल्लामा मै रोजगार दिलाउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको इट इस्ट्रीट फन पार्कको शनिबार एक औपचारिक कार्यक्रमका बिच उट्घाटन गरिएको हो ।

ईट् स्ट्रीट फन पार्कको उद्घाटन सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देव नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा गरिएको थियो ।कार्यक्रमका प्रमुख अतिथि उद्योग बाणिज्य संघ सिन्धुलीका बरिष्ठ उपाध्यक्ष देव नारायण श्रेष्ठले फन पार्क रमाईलो गर्ने ठाउँ मात्र नभई एउटा दृष्टिकोण रहेको र विदेश जानु नै अन्तिम विकल्प नरहेको, आफ्नै ठाउँमा बसेर केहि गर्न सकिन्छ भन्ने उदाहरण भएको बताउनु भयो । सिन्धुलीका नव उद्यामी युवाहरु जसले विदेशमा पसिना बगाएर मात्र फर्किनु भएन त्यहाँको अनुभव, सीप दक्षता र स्पष्ट दृष्टिकोण एवं सपना लिई ती सपना साकार गर्ने लक्ष्य आफ्नै जिल्लामा विजारोपण गर्ने कदम देखेर श्रेष्ठले खुशि ब्यक्त गर्नुभयो ।

सिन्धुली जिल्लामा पहिलो पटक सञ्चालन गरिएको यस फन पार्कले रमाइलोको लागि मात्रै नभई आफ्नै देशमा पनि केहि गर्न सकिन्छ भन्ने अब्बल उदाहरण बोकेको स्थानियहरुको भनाइ रहेको छ । जिल्ला मै युवाहरुले रोजगार पाउनुका साथै मनोरञ्जनका लागि पनि राम्रो पार्क बनेको भन्दै जिल्लाबासीहरुले खुसी व्यक्त गरेका छन् ।

ईट् स्ट्रीट फन पार्कमा मनोरञ्जन देखि लिएर विभिन्न परिकारका खाना, विभिन्न खेलहरुको समेत व्यवस्था गरिएको छ । इट इस्ट्रीट फन पार्कको शनिबार सफ्ट ओपनिङ् भए संगै मनोरञ्जनको लागि सास्कृतिक कार्यक्रम पनि सञ्चालन भएको छ । जसमा राष्ट्रिय संगै स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने छ ।

Hot Topics

Related Articles