Monday, October 13, 2025

मोटरसाइकल दुर्घटना हुदाँ पैदल यात्री सहित चालक घाइते

सिन्धुली – सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुदाँ २ जना घाइते भएका छन् । मदन भण्डारी राजमार्ग अन्तर्गत जिल्लाको दुधौली नगरपालिका २ रतनपुरमा भिमानबाट डकाह तर्फ आउदै गरेको बा ४५ प ३८०४ नम्बर को मोटरसाइकलले ठक्कर दिदाँ पैदल यात्री सहित मोटरसाइकल चालक पनि घाइते भएका हुन् ।

आइतबार बिहान ७ः३० बजेको समयमा सिन्धुलीको कमलामाई नगरपालिका १४ चन्दनपुर घर भई हाल दुधौली नगरपालिका २ रतनपुर स्थित माइती घरमा बस्दै आएकी ५० वर्षीय खप्टर्नी अधिकारी सडकको छेउमा हिडिरहेको अबस्थामा मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सूवेदीले जानकारी दिनुभयो । सूवेदीका अनुसार अधिकारीको टाउको र देब्रे खुट्टामा चोट लागी अवस्था गम्भिर रहेको छ ।

त्यस्तै मोटरसाइकल चालक महोत्तरीको बर्दिबास नगरपालिका ३ गौरीडाँडाका २५ वर्षीय निर्जल पौडेलको शरिरको विभिन्न भागमा चोट लागी गम्भिर घाइते भएको सूवेदीले बताउनुभयो । हाल दुर्घटनाग्रस्त मोटरसाइकललाई नियन्त्रणमा लिई दुवै जनालाई उपचारको लागि बर्दिबास पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Hot Topics

Related Articles