Friday, October 10, 2025

अरिङ्गालले टोक्दा सिन्धुलीमा एक बालक घाइते

सिन्धुली – अरिङ्गालले टोक्दा सिन्धुलीमा एक बालक घाइते भएका छन् । सोमबार बिहान १० बजेको समयमा जिल्लाको दुधौली नगरपालिका १ गिचियानीमा बसोबास गर्दै आएका सूर्य कुमरको १५ वर्षीय छोरा सुरज कुमर घाइते भएका हुन् ।

कुमर आफ्नै खेतमा लडेको धान उठाउन गएका थिए । सोहि क्रममा नजिकैको रुखमा रहेको करिब ३०,४० वटा अरिङ्गालले टाउको अनुहार तथा शरिरको विभिन्न भागमा टोकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सूवेदीले बताउनुभयो ।

घाइते कुमरको अवस्था भने सामान्य रहेको र दुधौली नगर अस्पताल सिर्थौलीमा उपचारको लागि लगिएको सूवेदीले जानकारी दिनुभयो ।

Hot Topics

Related Articles