Tuesday, October 14, 2025

६३ वर्षीय एक वृद्ध मृत अवस्थामा फेला

सिन्धुली – सिन्धुलीका ६३ वर्षीय एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । मंगलबार जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर २ देवीथानका इन्द्र बहादुर क्षेत्री खड्का मृत अवस्थामा फेला परेका हुन् ।

खड्का घरदेखि करिब २ सय मिटर उत्तर÷पुर्वमा पर्ने धनमना खोलाबाट घट्ट संचालनको लागी बनाएको कुलोमा लडिरहेको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सूवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल सिन्धुली पठाएको छ ।

हाल घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Hot Topics

Related Articles