Tuesday, November 18, 2025

सुनकोशी नदीमा सडिसकेको अवस्थामा एक बेवारिसे शव फेला

सिन्धुली– सिन्धुलीको सुनकोशी नदीमा सडिसकेको अवस्थामा एक बेवारिसे शव फेला परेको छ । सोमबार जिल्लाको गोलन्जोर गाउँपालिका वडा नम्बर ३ करमबोट स्थित सुनकोशी नदीको किनारमा नामथर, वतन नखुलेको अन्दाजी ४०,४५ वर्षको जस्तो देखिने एक महिलाको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्य प्रकाश सूवेदीले जानकारी दिनुभयो ।

नदी किनारा छेऊमा घोप्टो परी पानीले घुमाईरहेको अवस्थामा महिलाको शव देखी सोहि वडाका वडा अध्यक्ष कृष्ण प्रसाद पोखरेलले प्रहरीलाई जानकारी गराएका थिए । खबर प्राप्त भए लगत्तै प्रहरी चौकी ग्वालटारका प्रहरी चौकी, इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक बसन्त बहादुर भुजेल सहितको प्रहरी टोली र शसस्त्र प्रहरी बिपद् बेस खुर्कोटका शसस्त्र प्रहरी निरीक्षक किरण नेपाल सहितको प्रहरी टोली गई शव पानीबाट बाहिर निकालिएको प्रहरीले बताएको छ ।

हाल मृतकको पहिचान सनाखतका साथै आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Hot Topics

Related Articles