सिन्धुली – सिन्धुलीमा एक बेवारिसे शव फेला परेको छ । आइबार बीपि राजमार्ग अन्तर्गत जिल्लाको कमलामाई नगरपालिका ७ बुद्धनगरचोकमा नाम, थर, वतन नखुलेको अन्दाजी ५०,५५ वर्षका एक पुरुषको शव नालामा घोप्टो परेर लडिरहेको अवस्थामा फेला परेको हो ।

बेवारिसे शव फेला परेको खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सूवेदी सहितको टोलि घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरि पोस्टमार्टमको लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको प्रहरीले बताएको छ ।

हाल मृतकको पहिचान खुलाउन आवश्यक कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । साथै मृतकको आफ्ना आफन्तको समक्ष खबर पु¥याई शवको पहिचान खुलाउन सबैजनाले आ–आफ्नो सामाजिक सञ्जाल लगायत विभिन्न माध्यम मार्फत सेयर गरि सकेको सहयोग गरिदिनुहुन समेत जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आग्रह गरेको छ ।

