Tuesday, November 18, 2025

सिन्धुलीमा अरिङ्गालको टोकाइबाट १ को मृत्यु, ३ घाइते

सिन्धुली – सिन्धुलीमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आइतबार जिल्लाको मरिण गाउँपालिका वडा नम्बर २ कटन जल्केनी स्थित आफ्नै घरमा बसिरहेको बेला ४ जनालाई अरिङ्गालले टोकेको हो ।

अरिङ्गालको टोकाइबाट मृत्यु हुनेमा मरिण गाउँपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय रुकुमी राना रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सूवेदीले जानकारी दिनुभयो । सूवेदीका अनुसार रुकुमीको प्राथमिक स्वास्थ केन्द्र कपिलाकोटमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै अरिङ्गालले टोकी घाइते हुनेहरुमा सोहि स्थानका ४१ वर्षीय सोम बहादुर राना, ९ वर्षीय कुशल रानाका साथै १ वर्षीय बालिका समेत रहेको प्रहरी बताएको छ । उनीहरुको शरिरको विभिन्न भागमा टोकेको र अवस्था भने मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Hot Topics

Related Articles