सिन्धुली – गएको केहि देखि बेपत्ता रहेका सिन्धुलीको सुनकोशी गाउँपालिका ३ का ६२ वर्षीय मंगललाल फुँयाल आज सुनकोशी नदी किनारामा मृत फेला परेका छन् । कार्तिक ८ गते राती ३ बजेको समयमा घरबाट कसैलाई नसोधी हिडेका फुँयालको शव कार्तिक १४ गते शुक्रबार २ः४५ बजेको समयमा सिन्धुलीको सुनकोशी गाउँपालिका ६ चैनपुर स्थित नदी किनारामा फेला परेको हो ।

हराएको सुचना प्राप्त गर्न साथ स्थानिय तथा प्रहरीको संयुक्त टोलीले खोजि गर्दै जाने क्रममा सुनकोशी ३ रातामाटा पानीघाट स्थित सुनकोशी नदीको किनारामा नीजको चप्पल, मोबाइल, रुमाल, महाप्रसाद र पत्र फेला परेको थियो । नदी किनारामा नीजको सामानहरु फेला परे पश्चात् सुनकोशी नदीमा हामफाली बेपत्ता भएको हुन सक्ने आशंकामा नदी र आसपासको क्षेत्रहरुमा प्रहरीहरुले खोजी रहेकोमा आज सातौँ दिन फुँयाल फेला परेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सूवेदीले जानकारी दिनुभयो ।

पारिवारिक स्रोतका अनुसार फुँयाल क्यान्सर पिडित रहेका थिए । हाल नीजको शव जिल्ला अस्पताल सिन्धुली ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

