Tuesday, September 30, 2025

सिन्धुलीमा करेन्ट लागेर एक बालकको मृत्यु

सिन्धुली – सिन्धुलीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । आइतबार जिल्लाको कमलामाई नगरपालिका ५ राजापानी स्थित चन्द्र कुमारी सुनुवारको बंगुर फर्ममा काम गर्ने कमलामाई नगरपालिका १ मंगलचन्द्रका तुला बहादुर हायुका १३ वर्षीय छोरा रबिन हायुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्य प्रकाश सूवेदीले जानकारी दिनुभयो ।

सूवेदीका अनुसार आज अपराहन्न ४ः४० बजेको समयमा खोर नजिकै रहेको विद्युतको नाङ्गो तार समाई लडी रहेको अवस्थामा बालकलाई देखि स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालयका प्रहरी टोली खटि गई हेर्दा निजको मृत्यु भई सकेको सुवेदीले बताउनुभयो ।

घटनाको मुचुल्का पश्चात् शवलाई पोस्टमार्टमको लागि सिन्धुली जिल्ला अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धानका साथै आवश्यक कारबाही जारी गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Hot Topics

Related Articles