Thursday, September 25, 2025

नेपाल हेवि इक्वीपमेन्ट अपरेटर संघको सारथी बन्दै MAW अर्थमुभर्स

बिश्वकर्मा पूजा २०८२को विशेष अवसरमा नेपाल हेभी इक्युप्मेन्ट राष्ट्रिय स्वतन्त्र अपरेटर संघको पहलमा अपरेटरहरुले आफू पनि आत्मास्व्लम्बी बन्नु पर्ने निति अनुरुप संघको सदस्यबाट jcb 3dx supar ब्याकहो लोडर मेसिन खरिद गर्दा संघमा आबद्ध २०० जना सदस्य अपरेटरहरूको जीवन बीमा गरिदिएको छ।

नेपालकै प्रख्यात JCB मेसिन बिक्रेता कम्पनी MAW अर्थमुभर्सले देश तथा विदेशमा अत्याधिक बिक्री हुने ब्याकहोलोडर, स्काभेटर, रोलर र लोडर जस्ता मेसिन उपकरणहरू बढी रुचि र सन्तुष्टिका साथ आफ्नो उपकरणहरु चलाउने गरेको र अपरेटरहरूको योगदान अनि सुरक्षामा विशेष मध्य नजर गर्दै पाच लाख रुपैयाँ बराबरको २०० जनालाई जीवन बिमा गरिदिएको हो।

संघका अध्यक्ष सन्तोष कुमार श्रेष्ठ बरिस्ठ उपाध्यक्ष रामकुमा तमाङ महासचिव डिल्ली खड्का उपमहासचिव हिमाल विश्वकर्मा र कोषाध्यक्ष नवीन आलेमगर लगायतका पदाधिकारीहरुका निर्णय अनुरुप जीवन बिमा कार्ययोजना नीति तर्जुमा गरी भौतिक निर्माणकार्यमा जोखिमपुर्ण काम गर्दा आईपर्ने दुर्घटना र राहत लाई बिशेष मध्य नजर गर्दै सदस्य अपरेटरहरूको जीवन बिमा कार्ययोजना अगाडी बढाईएको र JCB कम्पनीले संघलाई बीमा सुविधा उपलब्ध गराएको हो।

बिस्वकर्मा पुजाको उपलक्ष्यमा jcb कम्पनीबाट प्राप्त जीवन बिमा सहयोगले अपरेटरहरूको हौसला बढेको र आगामी दिनमा संघ र कम्पनीबीचको सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा समेत नेपाल हेभी इक्युप्मेन्ट राष्ट्रिय स्वतन्त्र अपरेटर संघमा आबद्ध सदस्य अपरेटरहरूको हौसला बढेको र आगामी दिनमा संघ र कम्पनीबीचको सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा समेत नेपाल हेभी इक्युप्मेन्ट राष्ट्रिय स्वतन्त्र अपरेटर संघले गरेको छ।

OVC Nepal बाट साभार

Hot Topics

Related Articles