सिन्धुली – सिन्धुलीमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । आइतबार साझँ ५ बजेको समयमा जिल्लाको तीनपाटन गाउँपालिका ५ स्थित चदाह खोला तर्ने क्रममा गाउँपालिकाका ४ बालाजोर बस्ने अन्दाजी ३२, ३३ वर्षका नेत्र बहादुर भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्य प्रकाश सूवेदीले जानकारी दिनुभयो ।

सूवेदीका अनुसार भुजेलको शव चदाह खोलाको ४ सय मिटर तल ढुङ्गाको चेपमा घोप्टो परि अड्किएको अवस्थामा फेला परेको थियो । शव फेला परे पश्चात् शवको उद्धार गरि प्राथमिक स्वास्थ्यकेन्द्र लाम्पाङटारमा ल्याई घटना बारे आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।