Wednesday, October 15, 2025

केदारमान स्मृती दिवसको अवसरमा शैक्षिक सामग्री वितरण

सिन्धुली – केदारमान स्मृती दिवसको अवसरमा स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पञ्चकन्या मा.वि.मरिण कुडुलेमा अध्यनरत बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्ण बहादूर श्रेष्ठको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि पञ्चकन्या मा.वि.मरिणमा अध्ययनरत ५ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री र १,१ वटा झोला वितरण गरिएको हो ।

स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्षका साथै पञ्चकन्या मा.वि.मरिणको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत रहनु भएका केदारमान श्रेष्ठको मृत्यु पश्चात् स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रोहबरमा केदारमान स्मृती प्रतिष्ठान स्थापना गरिएको सहकारीका वर्तमान अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले जानकारी दिनुभयो । जसद्धार प्रत्येक वर्ष भदौ ३ गते केदारमान श्रेष्ठको मृत्युको सम्झनामा पञ्चकन्या मा.वि. मरिणका ५ जना विद्यार्थीहरुलाई छात्रावृत्ति स्वरुप आवश्यक पर्ने शैक्षिक सामग्रीहरु वितरण गर्दै आएको श्रेष्ठले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका सदस्य बाटुला बि.क. को प्रमुख आतिथ्यतामा गरिएको शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, सहकारी संस्थाका सञ्चालक समिति, लेखा सुपरिबेक्षण समिति, संस्थाका कर्मचारी, विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिका, अभिभावक साथै अध्यनरत बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Hot Topics

Related Articles