Wednesday, October 15, 2025

“अभिभावक संग विद्यालय” अभियानमा उत्रीयो तीनपाटनको एक विद्यालय, पालिका कै उत्कृष्ट बन्ने उद्देश्य

सिन्धुली – आफ्नो बालबालिकाको पठन पाठनको गुणस्तरियता संगै विद्यालयको चौतर्फी बिकासको लागि अभिभावकहरुको सकृय सहभागिता अनिवार्य आवश्यकता रहेको भन्दै तीनपाटन गाउँपालिका २ भीमस्थान स्थित भवानी माध्यमिकको विद्यालय व्यवस्थापन समितिले “अभिभावक संग विद्यालय” अभियान सञ्चालन गरेको छ ।

सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तरियता खस्कदै गईरहेको अहिलेको यस वर्तमान अवस्थालाई मध्यनजर गर्दै शैक्षिक सुधार र व्यवस्थापनलाई गुणस्तरिय बनाई पालिका कै उत्कृष्ट विद्यालय घोषित गर्ने उद्देश्यका साथ शिक्षक अभिभावक संघ र विद्यालय व्यवस्थापन समितिले घरदैलो अभियान सञ्चालन गरिरहेको विद्यालय व्यवस्थापन समितिका सदस्य पुष्प बहादुर तामाङले बताउनुभयो ।

तामाङले हरेक अभिभावकले आफ्नो बालबालिकाको पढाई, बालबालिका पढ्ने विद्यालयको शैक्षिक वातावरण, गुणस्तरियताबारे चासो व्यक्त गर्नुपर्नेमा अभिभावक भेलामा समेत उपस्थित नहुने, बालबच्चाको सिकाईमा निगरानी नराख्ने जस्ता निस्कृयताले विद्यालयको स्तरान्नति देखि बालबालिको पढाईमा समेत केहि परिवर्तन नदेखिएकाले अभिभावकलाई पनि जागरुप तथा जिम्मेवारबोध गराउन यस अभियानमा लागी परिहरेको बताउनुभयो ।

अभियानमा भवानी माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गोविन्ध सूवेदी, प्रधानाध्यापक पवन राज दाहाल, शिक्षक सूर्यकुमार ब्लोन तामाङ र शिक्षक अभिभावक समितिका अध्यक्ष सन्तोष मान्नधर लगायतको एक्यबद्धतामा अभिभावकहरुको विचमा गई विभिन्न एजेण्डा साथ जनजागरण कार्यक्रमहरु गरिरहेका छन् । साथै कार्यक्रम संगै मातहतका विभिन्न क्षेत्रमा विद्यालय–समुदाय सम्पर्क तथा समन्वय समिति समेत गठन गरिएको विद्यालय व्यवस्थापक समितिले जनाएको छ ।

विद्यालयको व्यवस्थापन समिति र शिक्षक अभिभावक संठनको यस अभियानले उक्त विद्यालयमा अध्यनरत बालबालिकाको अभिभावकहरुले आफु पनि सचेत भएको र अब शैक्षिक सुधारमा पनि गुणस्तरियता थपिने विश्वास पलाएको भीमस्थानका एक अभिभावकले बताउनुभयो । साथै विद्यालयलाई नमुना विद्यालय बनाउन आफुहरु पनि सधै तत्तपर रहि सकेको सहयोग गर्ने सरोकारवालाले बताएका छन् । नयाँ आशा र विश्वास लिएर सञ्चालन गरिएको यस अभियान निकै फलदायि रहेको अभिभावकहरुको धारण रहेको छ ।

Hot Topics

Related Articles