Wednesday, October 15, 2025

शिद्धबाबा प्लस टू म्यानेजमेन्ट कलेज जिल्ला प्रथम

सिन्धुली – शिद्धबाबा प्लस टू म्यानेजमेन्ट कलेज जिल्ला प्रथम भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको २०८१ को कक्षा १२ को परीक्षामा सिन्धुली जिल्लामा निजि क्षेत्रमा म्यानेजमेन्ट पढाईहुने शिद्धबाबा प्लस टू म्यानेजमेन्ट कलेज जिल्ला प्रथम भएको हो ।

गत सालको नतिजामा पनि शिद्धबाबा नै जिल्ला प्रथम भएको थियो । नेपाल परिक्षा बोर्ड द्धारा सन्चालित कक्षा १२ को बार्षिक परिक्षामा शिद्धबाबाबाट ४२ जना विद्यार्थीले परिक्षा दिएका थिए ।

जसमा जिल्ला प्रथम सहित जिल्ला मै उत्कृष्ट सत प्रतिशत नतिजा ल्याउन सफल भएको कलेजका कोअडिनेटर राहुल सिंहले जानकारी दिनुभयो । २०७९ सालमा स्थापना भएको सिद्धबाबा प्लस टू म्यानेजमेन्ट कलेजमा सिन्धुली सहित धनुषा, महोत्तरी, सर्लाहि, रौतहट र सुनसरीका बिद्यार्थी समेत अध्ययन गर्छन् ।

Hot Topics

Related Articles