Wednesday, October 15, 2025

ज्यान सम्बन्धी मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ

सिन्धुली – ज्यान सम्बन्धी मुद्दामा फरार रहेका सिन्धुलीका एक प्रतिवादी बुधबार पक्राउ परेका छन् । गएको केहि वर्ष देखि फरार रहेका गोलन्जोर गाउँपालिका वडा नं.४ तीनकन्यामा बसोबास गर्दै आएका ६८ वर्षीय भिम बहादुर आले मगरलाई विशेष सूचनाको आधारमा बेलुका ५ः०५ बजेको समयमा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सूवेदीले जानकारी दिनुभयो ।

सूवेदीका अनुसार आले मगरलाई ज्यानसम्बन्धी कसुर मुद्दामा दोषी ठहर गर्दै २०७९ साल माघ १२ गते जिल्ला अदालत सिन्धुलीले १ महिना ८ दिन कैद सजाय तोकेको थियो । तर अदालतले तोकेको फैसला कार्यान्वयन हुन नपाउँदै उनी प्रहरीको नियन्त्रणबाट फरार भएका थिए ।

प्रहरीको विशेष खोजीमा रहेका आले मगरलाई विशेष निगरानीमा आज बिहान ११ः३० बजेको समयमा घर नजिकैको बारीमा लुकीछिपि बसिरहेको अवस्थामा फेला पारेको डिएसपी सूवेदीले बताउनुभयो । पक्राउ गरिएको प्रतिवादीलाई जिल्ला अदालत सिन्धुलीले तोकेको फैसला अनुरुप कैदमा राखिने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Hot Topics

Related Articles