सिन्धुली – शिक्षा विधेयकका केहि प्रावधानहरुमा असहमति जनाउदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिन्धुलीले ¥याली सहित विरोध प्रदर्शन गरेको छ । शनिबार प्याब्सन सिन्धुलीले केन्द्रिय निर्णय अनुसार विधेयकबाट केहि प्रावधानहरु हटाउन र केहि थप गर्न माग गर्दै आ–आफ्नो विद्यालयका सवारीको ¥याली निकाल्दै विरोध प्रदर्शन गरेको हो ।

आफुहरुको विधेयकबाट पूर्ण छात्रावृत्ति भन्ने शब्द हटाउनुपर्ने, शिक्षा विधेयकमा निजि विद्यालयलाई गैर नाफा मुलक बनाइने छ भन्ने वाक्य हटाउनुपर्ने माग रहेको प्याब्सन सिन्धुलीले बताएको छ । साथै प्याब्सनको छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क, मासिक पढाइ शुल्क कायम हुनुपर्ने, जम्मा विद्यार्थी संख्याको आधारमा १० प्रतिशत छात्रवृत्तिलाई निरन्तरता दिनुपर्ने लगायतको माग समेत रहेको छ ।

यहि भदौ ८ गते सम्म माग गरिएका प्रावधानहरु पुरा नभए ९ गतेदेखि निजि विद्यालयहरु सबै पूर्ण रुपमा बन्द गरि आन्दोलनमा उत्रीने प्याब्सन सिन्धुलीको चेतावनी समेत रहेको छ ।