Tuesday, November 4, 2025

१५ दिने आधारभूत कम्प्यूटर प्रशिक्षण तालिम संचालन हुदैँ


सिन्धुली – एम. आई. टी. एजुकेशन सेन्टर सिन्धुलीले जिल्लाका माध्यामिक बिद्यालयहरुका शिक्षक तथा शिक्षिकाहरुको लागि कम्प्युटर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । “शिक्षकसँग प्रविधि, विद्यार्थीको उज्ज्वल भविष्य“ भन्ने मूल नाराका साथ एम.आई. टी. एजुकेशन सेन्टर सिन्धुलीले १५ दिने आधारभूत कम्प्युटर प्रशिक्षण तालिम संचालन गर्ने भएको हो ।

यहि साउन ५ गते देखि सञ्चालन हुने कम्प्युटर प्रशिक्षण तालिममा सहभागि हुन ईच्छुक माध्यमिक तहका शिक्षक तथा शिक्षिकाहरुले बिद्यालयको लेटर प्याडमा आफ्नो परिचय खुल्ने गरि नाम, ठेगाना, पद र फोन नम्बर लेखि साउन ४ गते भित्र एम. आई. टि. एजुकेशन सेन्टर सिन्धुलीको कार्यालयमा आवेदन पेस गर्नुहुन एम. आई. टि. एजुकेशन सेन्टर सिन्धुलीका प्रमुख मिलन थापाले आग्रह गर्नुभयो ।

थापाका अनुसार तालिममा सिन्धुली जिल्ला मातहतका प्रत्येक माध्यामिक बिद्यालयबाट धेरैमा ३ जना शिक्षक अथवा शिक्षिकाहरु मात्र सहभागि हुन पाउनुहुने छ । त्यस्तै तालिममा सहभागि हुनको लागि दर्ता शुल्क प्रति व्यक्ति ५ सय रुपैयाँ लाग्ने प्रमुख थापाले बताउनुभयो ।

एम. आई. टी. एजुकेशन सेन्टर सिन्धुलीले सबै शिक्षक तथा शिक्षिकाहरुलाई प्रविधि संग जानकार गराई विद्यालयलाई प्रविधिमैत्री बनाई विद्यार्थीहरको उज्जवल भविष्य सुनिश्चित गर्न मद्दत गर्ने उद्देश्यका साथ उक्त तालिम सञ्चालन गर्न लागिएको बताउनुहुदै यस सुनौलो अवसरको भरपुर लाभ लिनुहुन प्रमुख थापाले आग्रह गर्नुभयो ।

Hot Topics

Related Articles